जुवा खेलाउने नयाँ माध्यम, सामाजिक सञ्जाल टिकटक
काठमाडौं । काठमाडौं उपत्यकामा जुवाडेले प्रहरीको आँखा छल्न सामाजिक सञ्जालको माध्यमबाट जुवा खेलेको खुलासा भएको छ । सामाजिक सञ्जालबाट खेल्ने र खेलाउने गरेको भेटिएको हो । उपत्यकामा पछिल्लो समय ‘टिकटक लाइभ’मार्फत पनि जुवा खेल्ने गरेको भेटिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई टिकटकमार्फत रकमको बाजी राखी जुवा खेलाउने गरेको सूचना आएको बताइएको छ । त्यही सूचनाको आधारमा तत्काल टोली बनाई ती गतिविधिको निगरानी गरेको थियो ।
उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई पक्राउ गरिएको छ । दाङ घर भएका ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सुर्यविनायक बस्ने २७ वर्षका कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठायत र कैलालीका डिल्लीराज अवस्थीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा थप कारवाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाएको कार्यालयले जनाएको छ। पक्राउ परेका मध्य ऋषिप्रकाश योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुईवटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर २८ लाख ७३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #जुवा खेलाउने नयाँ, #टिकटक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्