भारतीय विदेश मन्त्रालयले भन्यो चीनको कोरोना संक्रमणको अवस्थालाई निगरानी गरेका छौं
काठमाडौं । भारतले चीनमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई नजिकबाट नियालेको बताएको छ । चीनको कारोनाभाइरसको अवस्थालाई निगरानी गरिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची बताए । चीनको शून्य कोभिड नीतिबाट चीन पछि हट्ने हो भने १० लाख जनाको मृत्यु हुन सक्ने आंकलन गरिएको सीएनएनले जनाएको छ ।
महामारी सुरु भएदेखि नै चिनियाँ सरकारले कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन, केन्द्रीकृत क्वारेन्टाइन, सामूहिक परीक्षण र कडा सम्पर्क ट्रेसिङ प्रयोग गरेको छ। लन्डनस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स एण्ड एनालिटिक्स फर्मका अनुसार कम खोप र बूस्टर दरका साथै हाइब्रिड इम्युनिटीको अभावमा चीनले आफ्नो शून्य– कोभिड नीति हटाएको बताएको छ ।
चीनको नागरिकमा रोग प्रतिरोधात्मक क्षमता धेरै कम छ। यहाँका नागरिकहरूलाई सिनोभ्याक र सिनोफार्मबाट घरेलु रूपमा उत्पादित खोप लगाइएको थियो जसमा खोपको प्रभावकारिता उल्लेखनीय रूपमा कम भएको र सङ्क्रमण र मृत्यु विरुद्ध कम सुरक्षा प्रदान गर्ने प्रमाणित भएको एयरफिनिटीद्वारा गरिएको विश्लेषणले देखाएको छ।
बुधबार, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गम्भीर रोगको बढ्दो रिपोर्टको साथ चीनमा विकसित अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्