भारतीय विदेश मन्त्रालयले भन्यो चीनको कोरोना संक्रमणको अवस्थालाई निगरानी गरेका छौं
काठमाडौं । भारतले चीनमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई नजिकबाट नियालेको बताएको छ । चीनको कारोनाभाइरसको अवस्थालाई निगरानी गरिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची बताए । चीनको शून्य कोभिड नीतिबाट चीन पछि हट्ने हो भने १० लाख जनाको मृत्यु हुन सक्ने आंकलन गरिएको सीएनएनले जनाएको छ ।
महामारी सुरु भएदेखि नै चिनियाँ सरकारले कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन, केन्द्रीकृत क्वारेन्टाइन, सामूहिक परीक्षण र कडा सम्पर्क ट्रेसिङ प्रयोग गरेको छ। लन्डनस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स एण्ड एनालिटिक्स फर्मका अनुसार कम खोप र बूस्टर दरका साथै हाइब्रिड इम्युनिटीको अभावमा चीनले आफ्नो शून्य– कोभिड नीति हटाएको बताएको छ ।
चीनको नागरिकमा रोग प्रतिरोधात्मक क्षमता धेरै कम छ। यहाँका नागरिकहरूलाई सिनोभ्याक र सिनोफार्मबाट घरेलु रूपमा उत्पादित खोप लगाइएको थियो जसमा खोपको प्रभावकारिता उल्लेखनीय रूपमा कम भएको र सङ्क्रमण र मृत्यु विरुद्ध कम सुरक्षा प्रदान गर्ने प्रमाणित भएको एयरफिनिटीद्वारा गरिएको विश्लेषणले देखाएको छ।
बुधबार, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गम्भीर रोगको बढ्दो रिपोर्टको साथ चीनमा विकसित अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्