राष्ट्रिय सहकारी बैंक र महालक्ष्मी नगरपालिकाले गरे तरलता व्यवस्थापन कार्यक्रम
काठमाडौं । महालक्ष्मी नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड इमाडोल शाखाको व्यवस्थापनमा सहकारी संस्थाहरूका लागि तरलता व्यवस्थापन सम्बन्धी प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ । आँगन पार्टी प्यालेस, महालक्ष्मी नगरपालिका–१, इमाडोलमा कार्यक्रममा नगरपालिका भित्र रहेका सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा नगर प्रमुख हरि गोविन्द श्रेष्ठले नगर क्षेत्रभित्रका सहकारीहरू संस्थाहरु सदस्यमैत्री भई सफल, सबल र अब्बल भएको आफूले हेर्न चाहेको बताए । उनले सहकारी संस्थाहरुको विकास र प्रवर्द्धन गर्न नगरपालिकाले सहकारी बैंकसँगको सहकार्यमा काम गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव बिस्तारै सहज भएको बताए । अलिले राष्ट्रिय सहकारी बैंकमा दैनिक निक्षेप बढिरहेको भन्दै अर्थतन्त्रमा देखिएको समस्या सहज हुने उल्लेख गरे ।
कार्यक्रममा सञ्चालक रामहरि बजगाईँ, केदार मानन्धर, नगरपालिकाको सहकारी शाखाका सरिता गौतम, राष्ट्रिय सहकारी बैंक इमाडोल शाखाका शाखा प्रमुख अनुजा सैँजु लगायतको उपस्थिति थियो । कार्यक्रममा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिम्लसीनाले सहकारीको तरलता व्यवस्थापनको विषयमा सहजीकरण गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #सहकारी बैंक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्