चिनियाँ राष्ट्रपति सी साउदी अरबमा
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा छन् । राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेकोले महत्वका साथ हेरिएको छ । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ।
कच्चा तेलको प्रमुख निर्यातकर्ता साउदी अरब र चीन कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिएको विश्लेषण भइरहेको छ ।
सन् २००५ देखि २०२० को बीचमा अरब क्षेत्रमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । साउदी अरब र चिनियाँ अधिकारीहरूले भ्रमण कार्यसूचीको बारेमा थोरै मात्रै जानकारी दिएका छन् । यद्यपि सरकारका निकट साउदी विश्लेषक अली शिहाबीले ‘धेरै सम्झौतामा हस्ताक्षर हुने’ सङ्केत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्