ग्लोबल ईन्टरनेशनल म्यानपावरको बद्मासी, मलेसिया पुगेका ५ युवा अलपत्र
काठमाडौं । रुकुम पश्चिमका चार जना सहित पाँच युवा मलेसियामा अलपत्र परेका छन् । बैदेशिक रोजगारीको लागि गत कार्तिकमा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली र टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाह र सुनेसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अलपत्र परेका छन् ।
मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको भन्दै उद्धारका लागि ईन्द्रबहादुर ओलीले अपिल गरेका छन् । उनले पाँचै जनालाई कम्पनीले एक हप्ता देखि खाना समेत नदिएको गुनासो पोखेका छन् । नेपालबाट पठाउने कम्पनीले क्लिनरको काममा भन्दै आफूहरुलाई पठाएको भन्दै ओलीले मलेसिया जाँदा आफुहरुलाई जंगलको काममा लगाएको बताए ।
आफूलाई नेपालको एजेन्ट र कम्पनीले झुक्काएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाहा भएको ओलीले बताए । ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावर मार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा पठाएको थियो ।
आफूहरु नेपालबाट आउँदा २ लाख ६० हजार रकम तिरेको उनीहरुले बताएका छन् । अब नेपाल फर्काईदेउ भन्दा कम्पनीले ६ हजार रिङगेट अर्थात १ लाख ७५ हजार नेपाली पैसा माग्ने गरेको उनीहरुको गुनासो छ । म्यानपावर कम्पनीका एजेण्ट रुकुम चौरजहारी नगरपालिका ३ का यज्ञबहादुर बटाला मार्फत युवाहरु त्यहाँ पुगेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पाँच युवा मलेसियामा अलपत्र, #मलेसियामा अलपत्र
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्