ठगी गरेको भन्दै एकै ब्यक्ति विरुद्ध दर्जनौं उजुरी
काठमाडौं । एक ब्यक्तिले विभिन्न ब्यवसायीहरुबाट सामानहरु उधारोमा लिएर बैंंकमा रकम नभएका चेकहरु दिएर ठगी गरेको फेला परेको छ । प्युठान तोरावाङ्गका ईश्वरीप्रसाद पोखरेलले विभिन्न ब्यबसायीहरुलाई बैकंमा रकम नभएका चेक दिएर उधारो सामान लिएर ठगी गर्दै आएको भन्दै उनी विरुद्ध दर्जनौ उजुरी आएको नेपाल मदिरा ब्यवसायी महासंघले जनाएको छ ।
पोखरेलले नेपाली सेनाका विभिन्न ब्यारेकहरुमा मदिरा सप्लायर्सको रुपमा काम गदै आएको भन्दै मदिरा ब्यवसायीहरुबाट रकम नभएका विभिन बैंकहरुका चेकहरु दिएर सम्पर्क विहिन भएका छन् । दर्जनौ गुनासो आएपछि नेपाल मदिरा ब्यबसायी महासंघले पनि छानविन सुरु गरेको छ ।
काठमाडौं, बुटवल, कपिलबस्तु, नेपालगञ्ज लगायतका दर्जनौ ब्यपारीहरुलाई पैसा नभएका चेकहरु दिएर मदिरा तथा मदिराजन्य सामानहरु लिएर सम्पर्क विहिन हुने र पैसा माग्दा उल्टै धम्की दिने गरेको भन्दै महासंघमा उजुरी परेपछि छानविन सुरु गरिएको हो । पोखरेलले उदारोमा लिएको मदिराजन्य सामानहरु समेत सस्तोमा विक्री गर्ने गरेको पाइएको महासंघले जनाएको छ ।
ठगीका विषयमा नेपाल मदिरा ब्यबसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कर्मश लगायतका ब्यबसायीक संगठनहरुसंग परामर्श समेत गर्न थालेको छ । मदिरा महासंघले ब्यवसायीहरु ठगी भएको सम्वन्धमा कानुनी प्रकृया सुरु गर्न शनिवार कानुनी सल्लाहकारहरुसंग छलफल समेत गरेका थिए ।
बैकिङ्ग कसुर अन्र्तगतको कानुनी प्रकृयाका लागि मदिरा महासंघले सबै जिल्लाहरु पोखरेलले गरेको ठगीका विषयमा ७ दिन भित्र महासंघमा चेक लगायतको विवरण सहित जानकारी पठाउन निर्देशन दिएको छ । सबै जिल्लाहरुवाट आएका विवरणका आधारमा कानुनी उपचार खोजीने महासंघले जनाएको छ ।
महासंघले विभिन्न सामाजिक सञ्जालहरुमा सुचना जारी गरी ठगिबाट बच्न पर्याप्त प्रमाण विना कारोवार नगर्न र यस्ता शंकास्पद कारोवार देखिएमा तत्काल महासंघमा जानकारी गराउन समेत आग्रह गरेको छ । ठगी गरेको आरोपमा पोखरेललाई पटकपटक पक्राउ समेत गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #उधारोमा लिएर बैंंक, #ठगी
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्