भक्तपुरमा आगलागीमा हुँदा १ जनाको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोल नजिकै बुधबार बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।
आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्