रुपन्देहीमा गरियो कोपोमिस तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखाले सहकारी संघ–संस्थाहरुको एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम गरेको छ ।
बैंकको तिलोत्तमा शाखा कार्यालय क्षेत्रमा क्रियाशील सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरू गरि ३८ जना भन्दा बढीको सहभागिता थियो ।
सहकारी ऐन, नियमावलीमा भएको व्यवस्था र सहकारी विभागको निर्देशन पालना गर्ने सम्बन्धमा बैंकले सहजिकरण गर्ने क्रममा आयोजना गरिएको यस तालिमबाट कोपोमिसमा तथ्याङ्क सङ्कलन एवं समग्र नीति, योजना तथा कार्यक्रम निर्माणमा टेवा पुग्ने विश्वासका साथ सहकारी विभागको समन्वयमा बैंकले कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहजिकरण गरिरहेको छ ।
बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजिकरण गरेका थिए । तालिमका सहभागीहरूले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र अपेक्षित उपलब्धि हासिल हुने भन्दै कोपोमिस डाटा इन्ट्रीसंगै सहकारीको राष्ट्रिय तथ्याङ्क अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्