युएईविरुद्ध सिरिज खेल्न रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ।
सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो। रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।
१६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम, अर्जुन साउद र गुल्सन झालाई समेत समेटिएको छ।
युएईविरुद्ध नेपालले नोभेम्बर १४ देखि १८ सम्म एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #रोहित पौडेल, #रोहित पौडेललाई कप्तान
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्