Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

प्रगतिशील महिला सहकारी संस्था राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागि


काठमाडौं । रुपन्देहीको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत केयरमा आबद्ध भएको छ ।

बिहीबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट सञ्चालक माधवलाल देवकोटा, स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारी र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिता न्यौपानेले स्तरीकरण कार्यक्रम केयरमा आबद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता कार्यक्रममा बैंकका सञ्चालक माधवलाल देवकोटाले सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गर्न केयर कार्यक्रमले सहयोग गर्ने बताए । सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि विभिन्न कार्य गर्दै आएको उल्लेख गरे ।

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।

संस्थाकाकी अध्यक्ष न्यौपानेले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताइन ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं