भारतको गुजरातमा झोलुंगे पुल चुँडिदा १ सय ४० जनाको मृत्यु
काठमाडौं । भारतको गुजरातस्थित मोरबीमा रहेको मच्छु नदीको झोलुंगे पुल चुँडिदा कम्तीमा १ सय ४० जनाको मृत्यु भएको छ। १ सय ४३ वर्ष पुरानो मच्छु पुल झण्डै ४०० मानिस रहेका वेला बीच भागबाट चुँडिएको हो ।
लामो समय बन्द गरेर केही समयअघि मर्मतपछि सञ्चालनमा आएको पुल भार धान्न नसकेर चुँडिएको बताइएको छ । आइतबारसाँझ भएको दुर्घटनापछि अझै नदीमा बेपत्ताको खोजी भइरहेको छ । बिदा दिनमा मानिस पुलमा घुम्न आएको समयमा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मर्मतपछि यो पुल र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । टिकट काटेर पुलमा गएकाहरू घटनामा परेका हुन्। घटनापछि गुजरात सरकारले मृतक, घाइते तथा बेपत्ता परिवारलाई राहत प्याकेजको घोषणा गरेको छ। राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्