यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ०७ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ २२ पैसा र बिक्री दर १२८ रुपैयाँ ८१ पैसा छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक, #विदेशी मुद्राको विनिमय दर
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्