Techie IT
  • ३० जेठ २०८२, बिहीबार
KhojPatrika

जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट अध्यक्ष उप्रेती सम्मानित


दोलखा । जिल्लामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीलाई ‘सचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ । संस्थाले रजत जयन्तीको अवसरमा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार २०७९ बाट उप्रेतीलाई सम्मान गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीलाई नेपालको सहकारी अभियानमा सहकारी क्षेत्रको प्रवर्द्धन, विकास, व्यवसायीकरण, स्तरीकरण तथा व्यवस्थापनमा महत्त्वपूर्ण राष्ट्रिय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्ने उक्त पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

संस्थाको ३० औ स्थापना दिवसको अवसरमा शनिवार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जूराम घरानीले उक्त पुरस्कार प्रदान गरेका हुन । उक्त पुरस्कारबाट यस अघि सहकारी बैंकका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बासकोटा लगायत सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवसमा प्रमुख घरानीले सहकारीले बचत र ऋणको कारोबार सँगै उत्पादनमा लाग्न सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले दोलखालाई सहकारीको नमुना जिल्ला बनाउन जनसचेतनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । उनले सहकारी क्षेत्रको विकास र विस्तारका लागि आफूले सकेको सहयोग गर्ने बताएका थिए ।


क्याटेगोरी : अर्थ, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं