नेपालमा डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण
काठमाडौं । नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो।
यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो। संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ। पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेङ्गु भएको छ।
लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा ८१५ संक्रमित रहेको इडिसिडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेङ्गु भएको छ। सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडिसिडीले जनाएको छ।
सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेङ्गु भएको छ। यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेङ्गु देखिएको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #डेङ्गु संक्रमण, #नेपालमा डेङ्गु
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्