सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

सल्यान । जिल्लाको कपुरकोटमा बुधबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपालगञ्जबाट कपुरकोट ६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा दुर्घटनामा परेको हो ।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का रहेका थिए ।
बिहेमा नेपालगञ्जबाट फर्किदै गरेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लगिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कपुरकोट ६ जलवाङ, #जिप दुर्घटना
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्