कैलालीमा कर्जा तथा जोखिम व्यवस्थापन तालिम

कैलाली । राष्ट्रिय सहकारी बैंक लिमिटेड धनगढी शाखा कार्यालयको आयोजनामा दुई दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिमको सुरु भएको छ ।
कैलाली जिल्ला र आसपासका क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरुलाई लक्षित गरी सुरु गरिएको तालिम कार्यक्रममा त्यस क्षेत्रका ३७ वटा सहकारी संघ संस्थाबाट ४० जना सहकारीकर्मीहरुको सहभागिता छ ।
बैंकको धनगढी शाखा समन्वय उपसमितिका संयोजक देव बहादुर बमको अध्यक्षतामा सुरु भएको तालिम, बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले सञ्चालन गरेका थिए ।
बिहिबारसम्म सञ्चालन हुने तालिममा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सहभागीहरूलाई धितो कर्जा, लघु कर्जा व्यवस्थापन तथा कर्जामा निहित जोखिम सहित कर्जा सँग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरूमा सहजीकरण गर्नेछन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्