रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना,प्रहरी जवानको मृत्यु, डिएसपी सहित तीन जना गम्भिर घाइते
रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरी भ्यान दुर्घटना भएको छ । प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा तर्फ जाँदै थियो ।
दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ सहित ३ जना घाइते भएका छन् । प्रहरीको भ्यान सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ ।
उनीहरुको थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान विहान दुर्घटनामा परेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #प्रहरी भ्यान दुर्घटना, #रुकुमपूर्व
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्