रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना,प्रहरी जवानको मृत्यु, डिएसपी सहित तीन जना गम्भिर घाइते
रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरी भ्यान दुर्घटना भएको छ । प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा तर्फ जाँदै थियो ।
दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ सहित ३ जना घाइते भएका छन् । प्रहरीको भ्यान सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ ।
उनीहरुको थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान विहान दुर्घटनामा परेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #प्रहरी भ्यान दुर्घटना, #रुकुमपूर्व
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्