Techie IT
  • ३० भदौ २०८२, सोमबार

राष्ट्रिय सहकारी बैंकले सुरू गर्‍यो कोप कार्ड


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोप कार्ड सेवा सुरू गरेको छ । बैंकको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको बीच सेवाको उद्घाटन गरेको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ को सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम कार्ड, स्मार्टक्यूआर र मोबाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएको छ । एससीटीले सय भन्दाबढी सहकारीलाई कार्ड सेवा दिएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं