भारतसँग नेपाल ८–० गोल अन्तरले पराजित
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।
टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे । प्रतियोगिताको दुई खेलमा सहज जित निकालेको नेपाल अन्तिम खेलमा पराजित हुन पुगेको हो ।
नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोडेको छ । समान अंक भएको नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्