दक्षिण पश्चिम युरोपमा उच्च गमीसँगै आधा भू–भागमा खडेरी
काठमाडौं । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको छ । युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको भन्दै चेतावनी दिइएको हो ।युरोपेली आयोगका अनुसन्धानकर्ताले ईयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताएका छन् ।
खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बन्ने क्रमले तिब्रता पाइरहेको छ । खडेरीको सबैभन्दा बढी प्रभाव इटली र त्यसको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको पो रिभर बेसिन रहेको पाइएको छ । स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा ३१ प्रतिशतले घटेको पाइएको छ ।
यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ । पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन् । बेलायतको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयका अनुसार राजधानी लन्डनको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको हो ।
सन् २०१९ मा क्याम्ब्रिजमा ३८ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड थियो । बेलायतमा चेतावनीसहित राष्ट्रिय सङ्कट घोषणा गरिएको छ । सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित देशले प्रतिबद्धता जनाए पनि समस्या बढ्दो छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम रहेकाले यो विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा विज्ञले जोड दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्