चरम संकटको सीमामा श्रीलङ्का, इन्धन अभावले विद्यालय नै बन्द
काठमाडौं । श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएका छन्। सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको हो ।
विद्यालयहरु पहिलो चरणमा यही जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ यो निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाए । गत साता नगद अभावका कारण श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #आर्थिक संकट, #इन्धन अभाव
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्