भोटेबहालस्थित एक गेस्ट हाउसमा बलात्कारपछि युवतीको १ लाख र सुन लुटपाट
काठमाडौं । काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर युवकले सुन र नगद लुटेको बताइएको छ । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कारपछि एक लाख नगद पनि लुटेर लिएका थिए ।
आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीले बताएको छ ।
पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर फरार भएका थिए । आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #युवतीलाई बलात्कार गरेर, #विवश तामाङ
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्