तारा एयरको खोजी जारी, चालक दलका तीनसहित २२ जना सवार(नामावली सहित)
काठमाडौं । पोखराबाट जोमसोमका लागि तेस्रो उडान भरेको तारा एयरको ९ एन–एईटी कलसाइनको जहाज मुस्ताङको घाँसा क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएको छ ।
९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रुसहित लेतेपास क्षेत्रबाट सम्पर्कबिहिन भएपछि दुर्घटनाको आशंकासहित खोजी कार्य जारी राखिएको छ ।
उडान भर्दैगर्दा टिकट काटेका को को थिए त ?
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, वैभवी बाण्डेकर, युवी विल्नर र मिक ग्रायट सवार थिए ।
विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सह–चालकका रुपमा उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा चालकदल सदस्यका रुपमा रहेका थिए । विमान सम्पर्कबिहिन भएको क्षेत्रमा स्थानीयले ठूलो आवाज सुनेको र आगोको मुस्लो समेत देखेको बताएपनि उद्धार टोली घटनास्थलमा नपुगेकाले आधिकारिक पुष्टि हुन सकेको छैन ।
पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #जोमसोम, #पोखरा विमानस्थल, #मुस्ताङको घाँसा क्षेत्र
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्