पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता, खोजी गर्न खराब मौसमका कारण समस्या
काठमाडौं । पोखराबाट जोमसोमका लागि तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको छ । ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको ९ एन–एईटी कलसाइनको जहाज ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रुसहित सम्पर्कबिहिन भएको हो । तारा एयरलाईन्सले जहाजमा चालकदलका ३ सदस्यसहित २२ जना रहेको जानकारी दिएको छ ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलटका रुपमा बिमानमा उत्सव पोखरेल र एयर होस्टेल किस्मी थापा रहेकी थिइन् । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनुपर्ने समयमा सम्पर्क विच्छेद भएको जानकारी दिए । यसपछि जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज समेत जोखिमा उडेको छ बताइएको छ ।
मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको र सोही अनुसार तेश्रो उडान भरिएको पाइएको छ तर उडन भरेसँगै अकस्मात मौसममा प्रतिकुलता सहनुपरेको आँकलन गरिएको छ । हराएको तार एयरको विमान खोज्न लेतेपास नजिकको क्षेत्रलाई निसाना बनाएर नेपाली सेनासहितका अन्य नीजि हेलिकोप्टर परिचालन गरिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले उडान सहज वातावरणमा भएको भएपनि विचमा मौसम बद्ली देखिएपछि जोखिममा परेको जानकारी दिए । सम्पर्कबिहिन भएको क्षेत्रलाई निसाना बनाएर खोजी कार्य जारी राखिएको ठाकुरले जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उत्सव पोखरेल, #तारा एयरको जहाज, #पोखराबाट जोमसोम
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्