रोकिएन युक्रेनमा आक्रमक,पूर्वी डोनबास क्षेत्रमा भिडन्त
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा रुसले ठूलो मात्रामा आक्रमण गरिरहेको बताएका छन् । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले यसअघि मस्कोले डोनेस्क, लुहान्स्क र खार्किभ क्षेत्रमा प्रतिरक्षा तोड्ने प्रयास गरेको बताएका थिए ।
युक्रेनी अधिकारीहरूले देशका विभिन्न शहरहरूमा रुसी बमबारीमा कम्तीमा १७ जनाको ज्यान गएको बताएका छन् । पश्चिमी शहर ल्भिभमा धेरै मिसाइलहरू प्रहार हुँदा सात जनाको मृत्यु भएको थियो ।
यो क्षेत्र अहिलेसम्म आक्रमणबाट जोगिदै आएको थियो । युक्रेनी युद्धका कारण ४९ लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर पलायन भएको राष्ट्रसंघले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युक्रेनी राष्ट्रपति भोलोडिमिर, #रुसले ठूलो मात्रा
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्