श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्युदण्ड
काठमाडौं । पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
लाहोरस्थितप्रति आतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो । भित्तामा टाँसिएको धार्मिक पोस्टर च्यातेर इशनिन्दा गरेको आरोपमा दियावदनलाई उनी आफैं कार्यरत कारखानाबाट बाहिर निकाली कुटपीट गरी हत्या गरेर जलाइएको थियो ।
हत्या गर्नेहरुले उनकै शव अघि उभिएर सेल्फी समेत खिचेर समाजिक सञ्जालमा हालेका थिए । पाकिस्तानमा इशनिन्दाको आरोपमा अल्पसंख्यकहरुमाथि बारम्बार अत्याचार हुने गरेको छ । श्रीलंकाली सरकारले दियावदनको हत्यामा संलग्नलाई कारबाही गर्न पाकिस्तानलाई बारम्बार दबाब दिइरहेको बेला अदालतले यस्तो फैसला गरेको हो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #एक श्रीलंकाली नागरिक, #पाकिस्तान
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्