“पुर्याइदेउ एप्स” तपाईहरुको माझमा, अब घर खाजादेखि एम्बुलेन्ससम्मको सेवा

काठमाडौं । मोटरसाइकल यातायात व्यवसाय प्रालीद्धारा सञ्चालित नेपालकै पहिलो बहुउपयोगी “पुर्याइदेउ एप्स” औपचारिक रुपमा सञ्चालनमा आएको छ । बैशाख २ बाट हिन्दु परम्परा अनुसार बिधिवत रुपमा सञ्चालनमा ल्याइएको “पुर्याइदेउ एप्स” मार्फत राईडर र उपभोक्ता दुबैले अधिकतम लाभ पाउने छन् ।
अत्यावश्यक सेवाको सहज पँहुच नपाएर विश्वभरका करिब २८ प्रतिशत नागरिकहरुले अकाल मृत्युवरण गर्नुपरेको यथार्थ सत्यलाई आत्मसाथ गर्दै “पुर्याइदेउ एप्स” मार्फत एम्बुलेन्स सर्भिस समेत बिना कमिसन उपभोक्तामाझ पुर्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडामार्फत पुर्याइदेउ एप्समा एम्बुलेन्स सेवा विस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उपचारका लागि अस्पताल जानुपर्नेहरुका लागि एम्बुलेन्स सेवा उपलब्ध मात्रै नभएर पुर्याइदेउ मार्फत घरखाजाको सुविधा समेत आम उपभोक्ताले पाउनेछन् । अस्वस्थकर बजारिया खानपानबाट नेपालीहरुको स्वास्थ्यमा देखिएको प्रतिकुल असर रोक्न घरमै बनाइएको स्वस्थकर खाजा अफिससम्म पुर्याउने काम “पुर्याइदेउ एप्स” को माध्यमबाट छिट्टै सुरुवात हुँदैछ ।
अनलाइन सेवामा जोडिएका राईडरहरुलाई निक्कै कम कमिसनमा अधिकतम लाभ दिलाउने, उपभोक्तालाई समेत सस्तो सेवा दिने, दुर्घटना भलाई कोष समेतको सुविधा “पुर्याइदेउ एप्स” मार्फत उपलब्ध हुने बताइएको छ । नेपालमै पहिलो पटक मोटरसाईकल यातायात प्रालीका रुपमा दर्ता भएको संस्थाबाट सुरु गरिएको राइडर सेवा विदेशी एप्समार्फत भैरहेको नेपाली पूजीँ पलायन रोक्नका लागि समेत उपयोगी हुने प्रालीका अध्यक्ष जेआर क्षेत्रीले बताए ।
नाफा भन्दा सामाजिक सेवामा बढी केन्द्रीत “पुर्याइदेउ एप्स” देशैभर विस्तार हुनेछ । देशभर सुरु गरिएको नेपाली शान र मान चन्द्रसूर्य अंकित “पुर्याइदेउ एप्स” सबैका लागि उपयोगी हुने दाबी गरिएको छ । घरायसी सरसामान बोक्न आम नागरिकले व्यहोनुपरेको झण्झट हल गर्नेगरि “पुर्याइदेउ एप्स” मार्फत नै सरसामान बोक्ने गाडी समेत छिट्टै उपलब्ध गराउनेगरि विस्तार गरिने बताइएको छ ।
एम्बुलेन्स सेवा, घरखाजा, अटोरिक्सा, सरसामान बोक्ने गडी लगायतको सुविधा भएको “पुर्याइदेउ एप्स” मा आजैबाट जोडिनुहुन सबैलाई सञ्चालकले अपिल गरेका छन् । हरदम हरपल २४ सैँ घण्टा हामी तपाईकै सेवामा स्लोगनबाट विस्तार गरिएको “पुर्याइदेउ एप्स” सबैका लागि उपयोगी हुने दाबी गर्दै अध्यक्ष क्षेत्रीले थप सुधारका लागि सुझाब सल्लाहको आग्रह गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पुर्याइदेउ एप्स, #यातायात व्यवसाय
तपाईको कमेन्ट लेख्नुहोस्