Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

पशुपतिमा भाइरल पवनजी बाँदर, जसलाई हेर्न दैनिक सयौं मानिसको भीड


काठमाडौं । पशुपतिनाथ मन्दिरमा रहेको सुर्यघाट तर्फ जहाँ एउटा बादरलाई राखिएको छ । पवन अर्थात हनुमानको उपमा दिएर अहिले धेरै मानिसहरु पवनजी हनुमानको दर्शन गर्न पुग्न थालेका छन । केही दिन यता सामाजिक सन्जाल मार्फत भाइरल बनेको उक्त बादर भक्तजनको शिरमा हात राखेर अर्थात आशीर्वाद दिनाले चर्चित बनेको हो ।

 यो बादर १२ बर्षदेखि नै पशुपतिमा छ । तर, केहिदिन मात्रै भयो भाइरल बनेको र हनुमान पवन को उपमा पाएको । बादर को रेखदेखमा खटिएका अनुसार उक्त बादरलाइ भारत बाट एक साधुले लिएर आएका हुन । बाबाजिले पशुपतिका अन्य बादर बाट जोगाउन नसकेर छाडेर हिडेका हुन । अन्य बादर बाट पवनलाइ जोगाउन चिडियाखानामा राखे जसरी थुनिएर राखिएको हो ।

हाल बादरबाट आशिर्वाद लिन टाढा टाढा बाट सर्वसाधारण आउन थालेका छन । मन्दिरमा दर्शन गर्न जानेहरु अधिकाशं उक्त स्थानमा पुग्ने आर्शिबाद लिने टिकटक बनाउने गर्दछन् । बादरप्रति बालक देखि बृद्धबृद्धामा समेत आकर्षण बढ्दो छ । त्यहाँ पुग्ने अधिकाशं सामाजिक सञ्जाल मार्फत जानकारी पाएर आएको बताउछन् ।

पवनजी हनुमानको दर्शन गर्न पुग्न बालकहरु समेतको आकर्षण बढेको छ । पवनजीलाई भेट्न मनिसहरु फलफुल, काजुकिसमिस लगायतका खानेकुरा लिएर पुग्ने गरेका छन् । बादरको छेउमा गएर टाउको निहुराउनेलाइ आफ्नो हात उठाइ बादरले आशिर्वाद दिने गरेको छ ।

केहिको कपाल नै भुतल्याउने समेत गरेको छ । २ बर्ष अघि नै एकपटक भाइरल बनिसकेको पवन अहिले फेरि भाइरल बनेको हो । आशीर्वाद दिने बादरले मनिसहरुलाइ चोटपटक नपुर्याउला भन्न सकिन्न तर त्यसको लागि हालसम्म कुनै निकायले ध्यान पुर्याएको छैन ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #टिकटकले भाइरल !, #पवनजी बाँदर, #बादर, #बादर १२ बर्षदेखि नै पशुपतिमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं