१८ महिने बालिकाको दाजुभाइ मिलेर बलात्कारपछि हत्या
काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैचा–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुले शुक्रबार साझ ५ बजे घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि करिब डेढ सय मिटर पश्चिम घारीमा लगेर पालैपालो बलात्कार गरेका थिए। हत्या आरोपी दुवै लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ ।
शुक्रबार साँझ उनीहरूले गाँजा सेवन गरेर ती बालिकामाथि बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सीसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्या प्रयास गरेको खुलेको छ। घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार बिहान १ बजेतिर मृत्यु भएको थियो ।
‘बालिकाको आमा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणाी गरेका थिए। त्यसपछि दाजु मिथुनले बलात्कार गरेको बयानमा उनीहरुले बताएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #१८ महिने बालिका हत्या
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्