नायक पल शाहको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हलमा, गायिका समिक्षाको उजुरीपछि शाह भने फरार
काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ महामारीको समाप्तिपछि रिलिज हुने पहिलो चलचित्र बनेको छ । तर, यो चलचित्रका नायक पल शाह भने एक किशोरीको बालात्कारको आरोपमा पक्राउ पुर्जी भएको कारण विवादमा छन् । १७ वर्षिया गायिकालाई बलात्कार गरेको आरोप खेपिरहेका नायक पल शाहल उर्फ पूर्णविक्रम शाहविरुद्ध तनहुँ जिल्ला प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै उनी फरार छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजी भइरहेको तर, पक्राउ गर्न नसकिएको बताएको छ ।
अभिनेता शाह अभिनीत चलिचित्र म यस्तो गाउँछु २ शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । तर, उनीमाथिको आरोपका कारण चलचित्रको सफलतामा समेत असर पर्न सक्ने अडकल काटिँदै छ । उता आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि शाहले नियोजित र षड्यन्त्रपूर्ण ढंगले प्रहार गरिएको धारणा बाहिर ल्याइसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत गायिका अधिकारीसँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरिसकेका छन् ।
गायिकाका तर्फबाट परिवारले तनहुँ प्रहरीमा दिएको उजुरीमा शाहले माया–प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाइएको छ। त्यो उजुरीपछि पलले फेसबुकमार्फत आफूमाथि गम्भीर षड्यन्त्र भएको उल्लेख गर्दै आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको आरोप लगाएका थिए । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
हुनत गत बुधबार कीर्तिपुरमा भएको ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पनि शाह उपस्थित भएका थिएनन् । पीडित गायिकाको परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन् ।
मुलुकी ऐनको यो धारामा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने उल्लेख छ । १६ देखि १८ वर्षसम्म उमेरकी महिलालाई बाmलात्कार गरेको प्रमाणित भएमा १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #‘म यस्तो गीत गाउँछु २’, #अभिनेता शाह
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्