सेनाको कारवाहीमा आईएस नेता अबु इब्राहिम मारिएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी
काठमाडौं । अमेरिकाले विशेष फौजले कारबाहीका सिरियामा इस्लामिक स्टेट (आईएस) नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको पुष्टि गरेको छ।राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी सेनाको विशेष अप्रेशनमा आईएस नेता अबु इब्राहिमलाई मारेको पुष्टि गरेका हुन्। सन् २०१९ मा आईएस नेता अबु बकर अल बग्दादी मारिएपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला हो ।
अमेरिकी सेनाले छापा मार्ने क्रममा र पछि भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छ बालबालिका र चार महिला रहेको बीबीसीले जनाएको छ। टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन्। सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ। साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ।
रातभर गरिएको सो कारबाहीमा भवनहरू क्षतिग्रस्त भएका छन्। आईएसका नेता अबु बकर अल–बग्दादी अक्टोबर २०१९ मा मारिएपछि उत्तर–पश्चिम सिरियामा भएको यो अमेरिकी कारबाही सबैभन्दा ठूलो भएको बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्था, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स बताएको छ। वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका नेताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी, #इस्लामिक स्टेट
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्