नेपाल टेलिभिजनको अध्यक्षमा समिरजंग शाह नियुक्त
काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।
रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए । शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् । यसअघि कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #समीरजंग शाह
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्