म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघले दियो चेतावनी
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। उनले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा संकटको परिमाणसँग मिल्दोजुल्दो तत्काल भावनाको अभाव रहेको बताए।
म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा उनको जोड छ। म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनस्र्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुव्र्यवहारका दोषीहरूलाई कारबाही गर्ने सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ।
म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुचीलाई गिरफ्तार गरेको थियो। उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह जारी छ। यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन्। अझैपनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #मानवअधिकार प्रमुख, #संयुक्त राष्ट्रसंघ
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्