Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

देशमा कोरोना महामारी, स्वास्थ्यकर्मी अभाव तर,सरकार हजारौं नर्सलाई बेलायत पठाउँदै


काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि १० हजार स्वास्थ्य जनशक्ति (नर्स) लाई बेलायत पठाउने तयारी गरेको छ। यो विषयमा बेलायत र श्रम मन्त्रालयबीच समझदारी समेत भइसकेको छ। पहिलो चरणमा दुई हजार नर्स लिने बेलायतको तयारी छ। वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायललगायत मुलुकसँग नेपालले विशिष्टिकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ ।

पहिलो चरणमा इजरायलमा केयर गिभरका रुपमा श्रमिक पठाएको छ। छिट्टै नेपाली श्रमिकलाई स्वास्थ्य क्षेत्रमा पनि पठाउने तयारी भइरहेको छ। नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग बेलायत सरकारले बताएको श्रम मन्त्रालयले जनाएको छ। सरकारले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोजिरहेको थियो।

वैदेशिक रोजगारीको अवसर आउँदा नेपालमा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सहरु विदेश पलायनको खतरा छ। नेपाल नर्सिङ संघका अनुसार नेपालमा नयाँ पुराना गरी १ लाख ३ सय लाइसेन्स प्राप्त नर्स रहेका छन्। जसमध्ये २८ हजार वैदेशिक रोजगारीको शिलशिलामा अहिले नै विदेशमा छन्। कम पारिश्रमिकमा काम गर्दै आएका स्वास्थ्यकर्मी आकर्षित तलब सेवा सुविधा पाउँदा विदेशिने निश्चित छ।

यतिबेला कोरोना भाइरस विश्वभरी महामारीको रुपमा फैलिएको छ। नेपालको दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा संकट पैदा हुनेछ । पछिल्लो समय आकर्षक तलब सुविधाको लोभमा परि नेपाली नर्सहरु अवैध बाटो हुँदै विदेशिने गरेका छन्। सरकारले स्टाफ नर्सको मासिक पारिश्रमिक ३० हजार तोकेको छ। तर,निजी क्षेत्रमा काम गर्न नर्सले ८ देखि १० हजारमा काम गर्नुपरेको गुनासो आउने गरेको नर्सिङ संघले जनाएको छ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #(नर्स, #नेपाली श्रमिक, #बेलायत पठाउने

तपाईको कमेन्ट लेख्नुहोस्