Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

ललितपुरमा तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप


ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारले कोरोनाबिरुद्धको बुस्टर डोजको खोप लगाएका छन् । शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप दिइएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा शाखाका र हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले जानकारी दिए । क्याम्पस परिसरमा खोप बुधबार र बिहीबार पनि दिइने छ ।

खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य लिएर आउन कार्कीले आग्रह गरेका छन् । खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन सचिव कार्कीले अनुरोध गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ ललितपुर, #बुस्टर डोज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं