अमेरिकाको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको ज्यान गयो
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नौ जनाबालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले जानकारी दिएका छन्।
अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ।
अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताए । उनले न्यूयोर्कमा ३० वर्ष यताकै ठूलो घटना भएको बताएका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्