पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ।
हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ। पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताइएको छ ।
पाकिस्तानका गृहमन्त्री शेख राशिदकाअनुसार उद्धारका लागि अर्धसैनिक बल फ्रन्टियर कोर र रेन्जर्स तथा सैनिक परिचालन गरिएको छ। ठूलो हिमपातका कारण मानवीय क्षति भएपछि पञ्जाबको मुर्री जाने सबै गाडीलाई रोकेर उद्धार र राहतको अभियान चलाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्