कोरोनाबिरुद्धको खोप नलगाउँदा जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक,विमानस्थलबाटै फिर्ता

काठमाडौं । अष्ट्रेलियाले टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई प्रवेशमा रोक लगएको छ। कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पूरा नगरेको भन्दै अष्ट्रेलियाले जोकोभिचको भिसा समेत रद्ध गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफले विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरेको भन्दै भिसा रद्ध गरिएको जनाएको छ।
विज्ञप्तीमा एबिएफले भनेको छ ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ।’ त्यस्तै एबिएफले भिसा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिसा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ।
जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल आइपुगेका थिए । लगतै एबिएफले उनीमाथि सोधपुछ गरेको थियो । भिसा रद्ध भएपछि जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरुद्ध न्यायालय जाने भएका छन्। अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै वार्षिक १४ हजारको भिसा रद्ध गरेको तथ्यांक छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्