ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी ल्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिएका हुन ।
उनले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताए । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताए । सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्