हङकङमा स्ट्यान्ड न्युजका सम्पादकसहित सात जना पक्राउ

काठमाडौं । हङकङ सरकारले स्ट्यान्ड न्युज समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको हो । प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी गराएको थियो । हङकङमा चीन सुरक्षासम्बन्धी नयाँ कानुन लागू भएपछि समाचार प्रकाशन–प्रसारणमा कडाइ गरिएको छ ।
नयाँ कानुनलाई आधार बनाएर प्रहरीले सञ्चार गृहमा धरपकड तथा सञ्चारकर्मी र सञ्चार उद्यमीहरूलाई पक्राउ गर्ने क्रम बढेको बीबीसीले जनाएको छ । यसअघि यो वर्षको सुरुमै हङकङ प्रहरीले लोकतन्त्र समर्थक अखबार एप्पल डेलीु को कार्यकक्षमा छापा मार्दै, केही शीर्ष सम्पादक र अखबारका संस्थापक जिमी लाई लगायतलाई पक्राउ गर्दै अखबार बन्द गर्न बाध्य गरिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #हङकङ सरकार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्