तालिबानले लगायो विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न प्रतिबन्ध
काठमाडौं । अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।
सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक संकट पर्ने व्यवसायी शायस्ता सैफीले बताएकी छन् । महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #तालिबान समूह
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्