एशिया प्यासिफिक एलाइन्स फरले नेपालमा सुरु गर्यो डिजास्टर म्यानेजमेन्टको परियोजना
काठमाडौं । एशिया प्यासिफिक एलाइन्स फरले नेपालले डिजास्टर म्यानेजमेन्टको परियोजना सुरु गरेको छ । नेपालमा एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्टले परियोजनाको औपचारिक उद्घाटन भएसँगै परियोजना सुरु भएको हो । एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट भन्ने एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले समाजकल्याण परिषद् नेपालसँग परियोजनाको सम्झौता भएपछि बुधबार औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरेको हो ।
विपद् व्यवस्थापनमा नेपाल सरकारलाई सहयोग गर्ने र नागरिक समाजका गैरसरकारी संस्थाहरुलाई यसमा जोड्ने उदेश्यले सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराई भविष्यमा आवश्यक सहकार्य गर्न भर्चुअल माध्यमबाट परियोजना उद्घाटन गरियो । कार्यक्रममा नेपालबाट समाजकल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, गृहमन्त्रालय अन्तर्गत विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव हुमकला पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव कृष्णप्रसाद पराजुली, एशिया प्यासिफिक एलाइन्सका साझेदार संंस्थाहरु (राष्ट्रिय व्यवसायिक पहल र युवा विकास केन्द्र) का अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु, जापानिज राजदुतावास कार्यालयका प्रतिनिधि, एशिया प्यासिफिक एलाइन्सका सदस्य राष्ट्रहरु जस्तै श्रीलंका, इन्डोनिशिया, जापानका प्रतिनिधहरु, विभिन्न अन्य सरोकारवालाहरुको सहभागिता थियो ।
कार्यक्रममा एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट श्रीलंकाका देशीय प्रमुख, फिरजान हसिमले संस्थाको संक्षिप्त परिचय र रणनीतिको विषयमा प्रष्ट पारे । एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्ट नेपाल कार्यालयका देशीय संयोजक कर्णबहादुर नेपालीले नेपालमा संचालन हुने कार्यक्रमको विवरण लगायत कार्यसंचालन प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए ।
जापानिज राजदुतावास कार्यालयका आर्थिक सहयोग विभाग प्रथम सचिव मियोकि इसिदा, समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, गृहमन्त्रालयका सहसचिव हुमकला पाण्डे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव श्री कृष्णप्रसाद पराजुली, राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष, कुशकुमार जोशी, युवा विकास केन्द्रका अध्यक्ष, सञ्जय चौधरी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम उपस्थित सबैले कार्यक्रमको सफलताको शुभकामना एवं सहकार्य गर्ने समेत जनाए । यस कार्यक्रमको संचालन कार्यक्रम संयोजक योशिहिरो इमोटोले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रम व्यवस्थापक काकिजावा फुकुरोले गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #एशिया प्यासिफिक एलाइन्स फर
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्