सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन,अब मेटा
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफनो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका हुन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो ।
फेसबुकका संस्थापक जुकरबर्गले आफनो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् । जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा नभएको र मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागि परेको बताइएको छ । भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन्।
जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताए । कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफनो कम्पनी नाम बदलेको हो ।
पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ । फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #फेसबुक, #सामाजिक सञ्जाल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्