पशुपति फुड्स (आँगन) का व्यापारीको ठगी धन्दा, म होइन भन्दै भागे सञ्चालक राजेन्द्रप्रसाद देउडा
काठमाडौं । कर्मचारिको तलब सेवा सुविधा दिनबाट भाग्न बन्द गरिएको पशुपति फुड्स आँगनले अन्य कम्पनीका नाममा गर्दै आएको कारोबार र अदालतको फैशला कार्यान्वयनबाट भागिरहेका तत्कालिन व्यवस्थापक राजेन्द्रप्रसाद देउडाको हो । बिगतमा गुणस्तरहिन मिठाई उत्पादन गरेर बिवादमा आएको पशुपति फुड्स (आँगन) अहिले सञ्चालकहरुको बिवादसँगै कर्मचारीलाई दिनुपर्ने तलब सेवा सुविधा नदिनका लागि कम्पनी बन्द गर्न उद्धत देखिएको छ । तर अहिले पनि विगतका सञ्चालकहरुले आफू र आफन्तका नाममा अलग्गै कम्पनी दर्ता गरेर उही प्रकृतिको व्यवसाय गर्दै आएका छन् ।
कर्मचारी आन्दोलनका कारण लामो समयसम्म काठमाडौंमा रहेका ६ वटै शाखा बन्द गर्न बाध्य भएको पशुपति फुड्स आँगनले अहिले पनि दुईवटा अलग–अलग कम्पनी मार्फत कारोबारलाई भने जारी राखेको छ, पशुपति फुड्स हटाएर आँगनका नाममा । कोरोना महामारिलाई कारण देखाउँदै ६५ जना भन्दा बढी नेपाली मजदुरमाथी धरपकड शैलीमा हटाएको आँगनले झण्डै ४० जना मजदुरलाई स्वेच्छीक अवकाशमा जान दबाब दिएपनि कतिपय कर्मचारीलाई अहिले पनि तलब सेवासुविधा नदिएर झुल्याउँदै आएको छ ।
आँगनको अन्यायमा परेका कर्मचारी बीरबहादुर साउतले श्रम र सर्बोच्च अदालतबाट मुद्धा जितेर ७ बर्षको तलब सुविधा सहित पुनवर्हाली गर्न गराउन भन्दै भएको फैशला कार्यान्वयनबाट समेत पशुपति फुड्स आँगन भागिरहेको छ । साउत जस्ता धेरै कर्मचारिको तलब सेवा सुविधाको दायीत्व पशुपति फुड्सका तत्कालिन व्यवस्थापनक समेत रहेका अहिलेका श्री शिव फुड्सका सञ्चालक राजेन्द्रप्रसाद देउडामाथी भएपनि उनी भागिरहेका छन् ।
उपभोक्तासँग लिएको मूल्यभन्दा कम मूल्यको नक्कली विलविजक मार्फत राज्यलाई तिर्नुपर्ने राजश्व छली गर्ने, अदालतको फैशला कार्यान्वयनको ताकेता लत्याउने उनै देउडाले सञ्चालन गर्दै आएका न्युरोड, पुतलीसडक र कमलपोखरी र बानेश्वरका बिक्री केन्द्रमा अहिले पनि आँगनकै नाममा कारोबार भइरहेको छ । मजदुरप्रतिको दायित्वबाट भाग्दैआएको पशुपति फुड्न आँगन पहिले नै बन्द भएको बाहाना बनाइएको छ । तर अहिले पनि उही प्रकृतिको व्यवसाय आकाश फुड्स र श्री शिव फुड्सका नाममा दर्ता भएका कम्पनीहरुले गरिरहेका छन् । त्यो पनि आँगन ब्राण्डको नाममा । ‘आँगन’ को सञ्चालक कम्पनी पशुपति फुड्स प्रालिका मालिक राजेन्द्रप्रसाद देवडाले नेपाली श्रमिकमाथी धरपकड गरेका मात्रै छैनन श्रम स्वीकृति नलिई भारतीय कामदार राखेर नेपालको श्रम ऐनको समेत धज्जी उडाइरहेका छन् ।
एउटै कम्पनीको एउटै पदमा कुनै पनि गैरनेपाली कामदार ७ वर्षभन्दा बढी रहन नपाइने र उनीहरुको हरेक वर्ष श्रम इजाजतबारे अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि भारतीय लगानी समेत रहेको आँगनको गतिबिधिमाथी सरकार समेत तैचुप मै चुप जस्तै छ । पशुपति फुड्सका मालिक राजेन्द्रप्रसाद देवडा भएपनि सरकारी अनुगमन टोलीले उद्योगमा छापा मारेर कर्तुत पत्ता लागाएपछि श्री शिव फुड्स प्रालि देवडाले बुहारी अञ्जु गोयन्काको नाममा दर्ता गरेर उही प्रक्रितिको व्यवसायिकक कारोबार जारी राखेका छन् । मिठाइमा अखाद्य वस्तु मिसावटको सूचना सार्वजनिक गरेको भन्दै अनुगमनकै समयमा ३ जना मजदुरमाथी धरपकड गरेका देउडा अहिले अदालतको फैशला समेत लत्याएर खुलेआम हिडिरहेका छन् । पीडित कर्मचारिसहित हामी श्री शिव फुड्सको कमलादीस्थित बिक्रि केन्द्रमा पुग्दा आफू कोही पनि नभएको भन्दै भागिरहेका छन् ।
भित्तामा एउटा कम्पनी दर्ताको प्रमाणपत्र अनि कारोबार अर्कैको नाममा, आँगनको ट्रेडमार्क आखिर आँकाश फुड्सको हो वा श्री शिव फुड्सको । यो प्रश्न समेत गम्भिर रुपमा उठिरहेको छ । आँगनले धेरै मजदुरमाथी अन्याय गर्दै आएको छ । नेपाली कामदारमाथी बारम्बार धरपकड गरेको यो कम्पनीले भारतीय कामदारलाई कानुन बिपरित राखेर मनोमानी गरेको बारे नियामक निकायहरु तै चुप मैचुप किन ? पशुपति फुड्सका नाममा आँगन मिठाई किनेका दुई समूह आकाश फुड्स र शिव फुड्सले गरेको बद्मासी रोक्ने आखिर कस्ले ? पीडित श्रमिकको पक्षमा सहयोगी बन्दै आएका श्रम तथा रोजगार कार्यालय पशुपति फुड्स आँगनका सञ्चालक र कम्पनीलाई सूचना तामेलीको प्रक्रिया पुरा गरेर फैशला कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताइरहेको छ ।
अब पनि फैशला अनुसारको तलब सेवा सुविधा निकासा नभएमा बैंक खाता रोक्का, सरकारी सेवा सुविधा रोक्का, सम्पती रोक्का लगायतका प्रक्रिया अघि बढ्ने छ । मजदुरमाथी शोषण गर्ने र हामी ठगीमा मुछिएका मिठाई ब्यापारि राजेन्द्र देउडाको घरसम्मै पुग्यौं तर, उनले जवाफ दिन तयार भएनन् । आँगन व्यवस्थापन पक्षले गर्दै आएको ठगी र मजदुरमाथिको अन्याय बारेका तथ्यहरु बारम्बार सार्वजनिक भएपनि सरकारी निकायबाट कारबाही हुन सकेको छैन ।
एउटा कम्पनी चलाउन सक्दिन, घाटा ब्यहोर्न सकिएन, मजदुरलाई तलब, सुविधा दिन सकिन भन्दै जिम्मेबारीबाट भागेका राजेन्द्र देउडालाई नेपाली कर्मचरिमाथी धरपकड गरेर तलब सेवा सुविधा नदिदा समेत हुने सहुलियत र छुट आखिर कस्ले दियो । नेपाली कामदार हटाएर कानुनको समेत धज्जी उडाउँदै भारतीय कामदार राखेर मिठाई तथा विभिन्न खाद्य परिकारको व्यापार गर्नेमाथी कारबाही कहिले हुन्छ ? कम्पनी बन्द भएको बहाना गरेर मजदुरप्रतिको दायित्वबाट भागेका देउवाले बुहारिका नामको कम्पनीमार्फत उही प्रक्रितिको व्यवसाय गरेको नदेख्ने सरकार अदालती फैशला कार्यान्वयनमा समेत कहिलेसम्म रमिते बन्ने, पीडित कर्मचारिका तर्फबाट सरकार र सरोकारवालालाई हाम्रो प्रश्न ?
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #पशुपति फुड्स (आँगन)
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्