भारतको उत्तराखण्ड र केरलामा बाढी र पहिरोबाट ९६ जनाको मृत्यु
भारत । लगातार केही दिनदेखि परिरहेको बर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ ।
देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ ।
तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरिएको छ । केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #उत्तराखण्ड
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्