सौराहामा बढ्न थाल्यो पर्यटकको चहलपहल, होटल र पर्यटन व्यवसायी उत्साही

काठमाडौं । दशैं विदाका कारण आन्तरिक पर्यटकको चहलपहल बढेसँगै चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । सौराहाका कतिपय होटल फूलपातीयता पूर्णिमासम्म नै पूर्णरुपमा बुकिङ भएका छन् । कतिपय भरिभराउ अवस्थामा छन् । दशैंको फूलपातीपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरुले बताएका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीका दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो भएको जानकारी दिए ।
दशैंमा सौराहाका होटलको अकुपेन्सी दर ६५ प्रतिशतभन्दा बढी देखिएको छ । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नपाएका आन्तरिक पर्यटक दशैंको बिदामा सौराहा पुगेका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटकहरुको उपस्थिति पनि देखिन थालेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईले १० प्रतिशत हाराहारी भारतीय पर्यटक र केही तेस्रो मुलुकका पर्यटक समेत आएको जानकारी दिए ।
सौराहाका पर्यटन व्यवसायीले विदेशी पर्यटकहरुको पनि बुकिङ्ग आउन थालेको जानकारी दिएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका कोरोनाका कारण रोकिएका कार्यक्रमहरु पनि गर्नुपर्ने भएकाले अब पर्यटकहरुको आकर्षण बढ्ने विश्वास यहाँका पर्यटन व्यवसायीले गरेका छन् । सौराहाका ११० पर्यटकीय होटलमा ५ हजार ५ सय बेड रहेका छन् । होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरु पनि पर्यटकले भरिभराउ हुने गर्दछन् ।
सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरु सञ्चालनमा छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिसमेत खुल्ला भएपछि सौराहामा पर्यटकहरु आउने क्रम बढ्न थालेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जले असोज दोस्रो सातादेखि निकुञ्जभित्र जिप सफारी समेत खुल्ला गरिसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्