पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देखिएको छ ।
भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । उद्धार कार्य अहिले पनि जारी रहेको छ ।
रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्