पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देखिएको छ ।
भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । उद्धार कार्य अहिले पनि जारी रहेको छ ।
रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्