भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु

काठमाडौं । नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुँदा आठ जनाको मृत्यु भएको छ । चार जना किसान र चार जना अन्यको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अझै पनि तिकुनिया क्षेत्र तनावपूर्ण रहेको बताइएको छ ।
भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरू आन्दोलनमा थिए । सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ । आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।
उपमुख्यमन्त्री केशवप्रसाद मौर्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए। केशव मौर्यको हेलिकप्टर अवतरण गर्ने क्रममा बिहानदेखि किसानहरूले कालो झण्डा बोकेर धर्ना सुरु गरेका थिए। सोही समयमा भाजपा कार्यकर्ताहरू पनि पुगेपछि झडप सुरु भएको हो। केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्यापेर किसानको हत्या गरेको आरोप छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #नेपाल–भारत सीमा, #भारतीय बजार तिकुनिया
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्